उद्योग बाणिज्य संघ सर्लाही मलंगवा द्वारा भारतीय पर्यटक लाई स्वागत गर्दै सरकारलाई धन्यवाद राजिव शाह- सर्लाही,असोज२४ डेढ बर्ष पछि सिमनाका खुलेपछि उद्योग बाणिज्य संघ सर्लाही मलंगवा द्वारा भारतीय जीप र पर्यटक लाई स्वागत गरिएको छ ।शनिबार बिहान देखि भारतीय पक्षले बोर्डर तर्फको ढाट(बैरेक) हटाए पछि सर्वसाधारण यात्रुहरुहरु गाडीले सहजै आवतजावत गर्न सुचारू भएको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिएका छन् । कोरोना महामारीले बन्द गरिएको सिमानाका बन्द हुदा सिमापारी जानका लागि सास्ती भोग्नु परेको थियो । नेपाल सरकारले एक साताअघि खुल्ला गरेको भए पनि भारतीय तर्फबाट बाट रोक कायमै थियो । सिमानाका बन्दले संस्कृति, बेटी रोटीको सम्बन्धमा समेत प्रभाव परेको थियो । उद्योग बाणिज्य संघ सर्लाही मलंगवाका अध्यक्ष बिरेन्द्र प्रसाद साहको नेतृत्वमा भारतीय अतिथिलाई स्वागत गर्दै सिमानाका पुर्ण रुपमा सुचारू भएपछि नेपाल सरकार र भारत सरकार बधाई तथा धनबाद दिएका छन् ।