एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला।
९ पुष २०७८, काठमाडौं।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव आफ्नै सरकारी निवासभित्र मृत फेला परेका छन्। उनको शव शुक्रबार बिहान आफ्नो निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले पुष्टि गरेका छन्।

संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुखसमेत रहेका यादवको मृत्युको कारणबारे अनुसन्धान भइरहेको कुँवरले जानकारी दिए । प्रवक्ता कुवँरले भने, ‘प्रारम्भिक रुपमा सुसाइड भएको देखिएको छ। यसबारे थप अनुसन्धान र आवश्यक कारबाहीका कामहरु अघि बढिरहेका छन्।’

यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । उनी ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते अवकाश हुने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय