पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ४ सय ८८ नमुनामध्ये ५४१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र ९४७ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण देखिएको थियो ।
मन्त्रालयका अनुसार हाल कोरोनाको सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ भने बिहीबार ७४ जना कोरोनामुक्त भएर घर गएका छन् ।



