क्यान्सर पीडित सदालाई आर्थिक सहयोगको खाँचो

२० कार्तिक २०७८ – राजविराज

सप्तरीमा क्यान्सर पीडित एक जना दलितलाई आर्थिक सहयोगको खाँचो भएका छ्न।आर्थिक अभावको कारण उपचार नभएर घरमै बसेको अवस्था छ।

जिल्लाको महादेवा गाउँपालिका वडा नम्बर ४ स्थित मनियार प्रसाही बस्ने ३५ वर्षीय भिखो भनिने जंगलीलाल सदा करिब सात महिना देखि मुखको क्यान्सरले पीडित भएका हुन।आर्थिक रुपले विपन्न सदा उपचार बिना घरमै घाउ लिएर बसेका छ्न।

गत वैशाख महिनामा भरतपुर स्थित क्यान्सर अस्पतालमा चेकजाँच गराउँदा सदा क्यान्सर पीडित रहेको पाइयो । अस्पतालमा राखेर उपचार गराउने आर्थिक जोहो गर्न नसकिने भएकाले अहिले घरमै राख्नु परेको पत्नी पचिया कुमारी सदाले बताइन् ।

स्थानीय युवाहरूले पीडित सदाको फोटो र सम्पर्क नम्बर राखेर स्टाटस लेखेपछि चौतर्फी जानकारी भएको स्थानीय बृहस्पति सदाले बताएका छ्न।अहिले उनको घाउबाट गन्ध समेत आइरहेको अवस्था छ।

पीडित सदाको ४ वर्षीया छोरी र एक वर्षीय छोरा छ्न।५८ वर्षीया आमा र २५ वर्षीया पत्नी पचिया कुमारी सदा सहित पाँच सदस्य परिवार रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय