थप चार हजार ६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु।
१ माघ २०७८,काठमाडौं।
देशभर पछिल्लो चौबिस घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५५६ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । शनिबार १० हजार ४१२ नमूनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ र ४ हजार १४४ नमूनाको एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा कोरोना पुष्टि भएको हो।
सोही अवधिमा ३५० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख ४९ हजार २०४ र एन्टीजेनतर्फ १ लाख १ हजार १४१ रहेका छन्। त्यस्तै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ३ जना छन् भने कोरोना संक्रमणका कारण हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाइसकेका छन्।
हाल मुलुकभर २१ हजार ५८४ सक्रिय संक्रमित रहेका छन् । तीमध्य २० हजार ५३६ जना होम आइसोलेसनमा छन् भने १ हजार ४८ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेका मध्य ११९ जना आइसीयू र २६ जना भेन्टिलेटरमा छन् । त्यस्तै १२६ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा