२४ पुष २०७८, काठमाडौं।
नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ पनि कोरोना संक्रमित।
पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना पोजेटिभ देखिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन् ।
गंगाले ट्विटरमा लेखेकी छन्, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अध्यक्षको सम्पर्कमा आउनुहुने सबैले सावधानी अपनाउनुहोला। आइसोलेशनमा बस्नुपर्ने भएकाले पूर्व निर्धारित सम्पूर्ण भेटघाट र कार्यक्रमहरू रद्द गरिएको छ ।’