भारतीय फिल्म ‘आदिपुरुष’का पटकथा लेखक तथा गीतकार मनोज मुन्तशिरले नेपालको राष्ट्रियता र सीताको जन्मलाई लिएर विवादास्पद अभिव्यक्ति दिएका छन् ।

भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा मुंतशिरले नेपाल पहिले भारतकै अंश थियो भनेर अभिव्यक्ति दिएका हुन् । उनले जानकी भारतकी छोरी नै रहेको बताउँदै यो कुरा नेपालीले बुझ्न नसकेको बताए ।

‘आदिपुरुष’ नेपाल भारतको अंश हुँदाको कहानी भएको उनले बताए । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? भन्दै उनले प्रश्न गरेका छन् । १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको उनको भनाइ थियो ।

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने विवादित डायलगका कारण नेपालमा विरोध भइरहेको छ । उक्त फिल्मलाई भारतमा समेत रुचाइएको छैन ।

यो फिल्मलाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा समेत निवेदन परेको छ । हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
4
+1
1
+1
0
HTP Khabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय