नेपाल बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बुधबार विहान बसेको बैंकर्स संघको बैठकले निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।

बैठकले व्यक्तिगततर्फ एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

त्यस्तै संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ । बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय