 
							प्रदेश-०२: गाउँपालिका अध्यक्षले निजी कामकाजमा सरकारी सवारी साधनको दुरुपयोग।
८ पुष २०७८, सर्लाही।
प्रदेश नम्बर २ को सर्लाही जिल्लास्थित एक स्थानीय तहको सरकारी गाडी दुरुपयोग भएपछि स्थानीयहरुले आक्रोशित देखिएको छ।
सर्लाहीको बाँसबारीया गाउँपालिकाका अध्यक्ष  राम अयोध्या राय ले गाउँपालिका को ट्रेक्टर लाई व्यक्तिगत कामकाज निमित्त आफ्नो खेतको धान ओशार पोसार गर्नका लागि प्रयोगमा ल्याइएको थियो।
यस अगाडी अध्यक्षक चढ्ने ना १ झ १६९४ स्कार्पियो  छोरा र बुहारीलाई लिएर सिमरा बिमानस्थलमा देखिएको थियो।   पटक पटक यस गाउँपालिकाको स्रोत साधनहरू मेयर र उनको कार्यकर्ताहरूले दुरुपयोग गर्दै आएको छ। यस बिषयमा बेला बेलामा आवाज उठाए पनि केही परिवर्तन देखिएन र  सरोकारवाला समेत मौन देखिएको त्यहाँका स्थानिय युवा अनिल अधिकारीले जनकारी दिएका छन्।


 
								 
										 
										 
												 
												 
												 
												 
												 
												 
								 
								 
								 
								 
								

