एसीसी इस्टर्न जोन यु १६ क्रिकेटमा नेपालले आज मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ७ बजे सुरुहुने छ ।
मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई नेपालले १ सय ८४ रनको लक्ष्य दिएको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको हो ।
माथिल्लो क्रममा ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न नसक्दा नेपालले विपक्षीसामु ठुलो लक्ष्य प्रस्तुत गर्न सकेन । नेपालका लागि नवौँ नम्बरका ब्याट्सम्यान अशोक धामीले अर्धसतकीय पाली खेले ।
थाइल्याण्डलाई ४४ रनमै अलआउट गरेको नेपालले आज पनि सोही प्रदर्शन कायम राख्ने लक्ष्य भने लिएको छ ।
थाइल्याण्डविरुद्धको खेलमा नेपालका निरज कुमार यादव र नरेन भट्टले अर्धशतकीय पारि खेल्दा सन्तोष यादव, सूर्यांन्शु कोइरालाको पनि सम्झन लायक प्रदर्शन थियो ।
बलिङमा सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।
