बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले १८ हजार मत कटाउनुभएको छ।
यादवले १८ हजार ९६ मत ल्याइ अग्रता लिइरहनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १३ हजार ८३ मतका साथ पछ्याइ रहनुभएको छ। यादव र कुशवाहको मतान्तर पाँच हजार १३ रहेको छ।
तेस्रो स्थानमा नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले पाँच हजार ४५९ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का रमेशप्रसाद खरेल दुई हजार १६३ मतका साथ चौंथो स्थानमा हुनुहुन्छ।



