काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहाले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।

बिहीबार फेसबुकमा एक स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई यस्तो चुनौती दिएका हुन् ।

उनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सारे पनि राजधानी नै सारे पनि काठमाडौंवासीलाई कुनै आपत्ति नहुने उल्लेख गरेका छन् ।

उनले काठमाडौंवासीलाई सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएको तर राजनीति नचाहिएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्  । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय