संघमा समीकरण भत्किएपछि मधेश प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ ।

पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई विश्वासको मत दिएको एमाले चारमन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।

राष्ट्रपति निर्वाचनमा सत्ता नेतृत्व दल माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि १५ फागुनमा संघीय सरकारबाट बाहिरिएको थियो ।

एमालेका पाँच मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष मंगलबार नै राजीनामा बुझाउने तयारी गरेको नेता रामचन्द्र मण्डलले जानकारी दिए । ६४ सदस्य प्रदेश सभा रहेका मधेशमा एमालेका २३ जना सांसद रहेका छन् ।

एमाले सरकारबाट बाहिरिए लगत्तै मुख्यमन्त्री यादवले कांग्रेसहितका दलहरूलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय