नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए। माओवादी केन्द्रको समर्थन फिर्तासँगै मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय