नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले नेपाल–भारत सम्बन्ध अद्भूत रहेको कुरा बताएका छन । नेपाल–भारतका पत्रकारको संस्था मिडिया फौर वोडर हार्मोनीले ईशनाथ नगरपालिकाको ईशनाथ मठ परिषरमा आयोजना गरेको नेपाल–भारतमैत्री संवाद २०७९ लाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै अध्यक्ष नेपालले हाम्रो खुला बोर्डरले धेरै सुविधा भएपनि धेरै समस्या निम्त्याएको बताए । खुल्ला सीमानाका दुवै देशका नागरिकले फाईदा लिन सक्नुपर्ने भन्दै उनको भनाइ थियो । पूर्व प्रधानमन्त्री नेपालले नेपालमा सीमा क्षेत्रका जनताले मलखादको समस्या भोग्नु परेको बताउँदै मलखादको अभावमा कृषि क्षेत्र प्रभावित हुनु दुखद भएको बताए । किसानको समस्या समाधानका लागि विषेश पहल जरुरी रहेका रहेको उनको भनाइ छ ।
मलखादको अभावमा कृषि उत्पादनमा असर पर्नु भनेको किसानको जीवनसँग खेलवाड गर्नु रहेको उनको भनाइ छ । उनले भने, ‘सीमाक्षेत्र भारतमा मल छ भने नेपालमा ल्याउन दिनुपर्छ ।’ मलका लागि आफुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गरेको उनले बताए । नेपाल–भारत सम्बन्धलाई मजबुद तुल्याउन संस्थाले खेलेको भूमिकाको नेता नेपालले सराहना गरे ।
लोसपा नेता पूर्वमन्त्री अनिल कुमार झाले नेपाल भारत बीचको सम्बन्ध परापूर्वकालदेखि चलि आएको बताए । संवादमा नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति जितेन्द्र प्रसाद यादव उर्फ सुनिल, भारतीय वाणिज्य दूतावास वीरगञ्जका प्रमुख नितिस कुमार, नेकपा एसका नेता रेवन्त झा, लोसपा नेता अनिल कुमार सिंह, महिला नेत्री अन्जु झा, भारतका वरिष्ठ पत्रकार अमरेन्द्र तिवारीले मैत्री सम्बन्धको बारेमा बोलेका थिए ।
सो अवसरमा गौर नगरपालिकाको प्रमुख शम्भु साह, ईशनाथ नगरपालिकाको प्रमुख कौशल्या देवी सिन्हा, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, ईशनाथ नगरपालिकाको उपमेयर परवेज आलमसहित नेपाल भारतको पत्रकारको उल्लेख सहभागीता रहेको थियो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष किशोरी यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।SOURCE:madhyanha




