राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचन हुने चितवन–२, तनहुँ–१ र बारा–२ मा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकपछि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा आफ्नो पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको बताए ।

बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ । जसमा चितवनमा उपसभापति डोलप्रसाद अर्याल, तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय