नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गरेका हुन् ।केन्द्रीय सत्ता समीकरणमा माओवादी केन्द्रले एमालेलाई धोका दिएर समीकरण फेरेको आरोप लगाउँदै थपलियाले सरकारबाट बाहिरिनु परेको उल्लेख गरे।
करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको उनले दाबी गरे ।उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए ।




