अध्यक्ष ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड।

काठमाडौं सत्तासाझेदार प्रमुख दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। बुधबार बिहान प्रधानमन्त्री प्रचण्ड छलफलका अध्यक्ष ओलीको निवास बालकोट पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटवार्ता जारी छ । नेताद्वयबीच समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीले लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल हुने बताइएकोछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय