प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीच बालुवाटारमा छलफल जारी।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न – दलका प्रमुख सचेतकबीच विधेयकसम्बन्धी छलफल गरेका छन् ।
सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयकसम्बन्धी छलफल गरेका हुन् ।
संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्दै प्रधानमन्त्रीले छलफल लागि उनीहरुलाई बोलाएको दाहालको सचिवालयले जनाएको छ ।
