युवा क्रिकेट टोलीको कप्तानमा गुल्सन झा चयन।

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) को पोखरामा मंगलबार बसेको बैठकले गुल्शन झालाई यू-१९ राष्ट्रिय पुरुष टिमको कप्तान नियुक्त गरेको छ ।

विभागीय टिम नेपाल पुलिसबाट व्यावसायिक क्रिकेट खेल्दै आएका गुल्शनले राष्ट्रिय टिमबाट पनि डेब्यू गरिसकेका छन्। तीव्र गतिका बलरसँगै ब्याटिङमा पनि दखल राख्ने गुल्शनलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।

क्यानको बैठकले फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा वार्षिक साधारण सभा गर्नेसमेत निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय