उपसभामुख इन्दिराले दिइन् पार्टीबाट राजीनामा।

काठमाडौं: नवनिर्वाचित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पार्टीबाट राजीनामा दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रानामगरले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएपछि आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएक एक विज्ञप्तिमार्फत रानामगरले जानकारी गराएकी छन्।

उपसभामुख पदमा पदमा रहँदासम्म आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय