महान्यायाधिवक्तामा दिनमणी पोखरेल।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महान्यायाधिवक्तामा अधिवक्ता डा. दिनमणि पोखरेललाई सिफारिस गरेका छन् । सरकारको कानुनी सल्लाहकारका रुपमा मानिने महान्यायाधिवक्ता पदमा पोखरेललाई सिफारिस गरिएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेपछि आजै शीतल निवासमा शपथ ग्रहण गराउने तयारी गरेको छ । पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए । उनले कानुनमा विद्यावारिधी गरेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय