नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने।

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी सरकारमा तत्काल नजाने भएको छ प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरे पनि नागरिक उन्मुक्ति पार्टीले अहिले सरकारमा नजाने निर्णय लिएको हो। उसले सरकारमा सहभागी हुन जेलमा रहेका नेता रेशम चौधरीको रिहाइको माग अघि सारेको छ पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफ्ना माग अब बन्ने सरकारले सम्बोधन गर्छ-गर्दैन भन्नेमै आफ्नो पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने टुंगो लाग्ने बताइन्। उनले रेशमको रिहाइका लागि पहल गर्ने आश्वासन प्रचण्डले यसअघि नै दिएकाले उनलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय