देशभर चिसो बढ्यो, तराईमा हुस्सु र कुहिरो।
काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उपत्यकामा मंगलवार र बुधबार ८ डिग्री सेल्सियससम्म झरेको छ। लामो समयसम्म पानी नपरेकाले उपत्यकामा धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताए। उनका अनुसार मौसमी प्रभावले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो।
मौसमविद्हरूका अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्नेछ। पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्य कमजोर भएको छ।
अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ। केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय