विश्वकप लिग टु : नेपाल र नामिबिया खेल्दै।
काठमाडौं।
आईसीसी विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय श्रृंखलाको चौथो खेलमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ ।
यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो यस शृंखलामा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
