सप्तरी १ मा जसपा नेपालका नवल किशोर साह विजयी।

प्रतिनिधिसभा सप्तरी क्षेत्र नम्बर १ को सदस्यमा जसपाका नवल किशोर साह निर्वाचित भएका छन् । निर्वाचित साहले २३ हजार ५६४ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे । मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री समेत रहेका साह २०७४ मा सप्तरी १(२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । जसपाको आधार क्षेत्र मानिने सप्तरीमा यसपालि प्रतिनिधि सभाको ४ र प्रदेश सभाको ८ गरी १२ पदमा ९ वटा को परिणाम आइसक्दा सप्तरीबाट निर्वाचित हुने उनी जसपाका एक्लो उम्मेदवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय