उम्मेदवारी दर्ता गर्न बाबुराम भट्टराई संगै गोरखा पुगे प्रचण्ड।
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई गोरखा लागेका छन् । आज बिहान प्रचण्ड र बाबुराम गोरखा लागेका हुन् ।
प्रचण्डले गृह जिल्ला चितवन छाडेर बाबुरामको निर्वाचन क्षेत्र गोरखाबाट चुनाव लड्दैछन् ।
‘गोरखा २ बाट क. प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्नसँगै गोरखातिर लागियो’ बाबुरामले ट्वीट गरेका छन् ‘उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो सबैको साथ र सहयोगको अपेक्षाअपेक्षा।
