सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो, बाहिरियो जसपा।
काठमाडौं । सत्तारुढ गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) शुक्रबार बालुवाटारमा बसेको गठबन्धनबाट बाहिरिएसँगै लोसपा प्रवेश गरेको हो।
बालुवाटारमा बैठक हाल जारी रहेको छ भने जसपा बाहिरिएपछि गठबन्धनमा नयाँ तालमेल र सिट बाँडफाँट गर्न लोसपालाई गठबन्धनले प्रवेश गराएको छ ।
गठबन्धनको साथ छाडेको जसपाले एमालेसँग आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने भएको छ । एमालेसँग तालमेल गरेपछि गठबन्धनका अन्य चार गठबन्धन दल रुष्ट थिए ।
