नेपाल वायुसेवाको अन्तर्राष्ट्रिय टिकट बुकिङ अब अनलाइनमार्फत।

नेपाल वायुसेवा निगमद्वारा सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु। काठमाडौं नेपाल वायुसेवा निगमले सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको छ । निगमका अनुसार सोमवार (आज) बाट आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ्ग (इन्टरनेट बुकिङ इन्जिन (आईबिई) मार्फत टिकट बुकिङ्ग सुरु गरिएको हो ।

यसबाट यात्रुवर्गले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ्ग गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जानकारी दिएको छ । निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवामार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय