‘असोज तीन कालो दिन’ भन्दै काठमाडौंमा प्रदर्शन।
३ असोज, काठमाडौं ।
संविधानको विरोधमा यान र टिमएनसी संघसंस्थाले दिउसो ३ बजेतिर काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले असोज तीन, कालो दिन भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
विरोध र्यालीमा सहभागीहरुले कालो टिसर्ट लगाएका थिए भने कालो पट्टि टाउकोमा बाधेर ब्यानर बोकेका थिए । संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको र सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको भन्दै उनीहरुले संविधानको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग गरेका छन्। “बहुसंख्यक जनताको पहिचान सहितको संविधान स्थापित नभएसम्म असोज ३ हाम्रा लागि कालो दिन रहिरहनेछ” समेत ब्यानरमा उल्लेख गरिएको थियो।
