आजदेखि निशुल्क ई-सिम दिदै नेपाल टेलिकम।
नेपाल टेलिकमले आज (२०७९ भदौ ३१) देखि निःशुल्क ई-सिम (इम्बेडेड सिम कार्ड) वितरण सुरु गर्दै छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिनेछ नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमकले जनाएको छ ई – सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरमा गई फारम भरेर बुझाउनु पर्नेछ ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (इम्बेडेड) सिम । ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिम कार्डको आवश्यकता पर्दैन यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ई-सिम प्रयोगमा आएपश्चात् सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेयरेबल्स) मा समेत प्रयोग गर्न सकिन्छ । ‘हालका सबै प्रयोगकर्ताले समेत ई-सिम प्रयोग गर्न सक्नुहुनेछ,’ टेलिकमको विज्ञप्तीमा भनिएको छ, ‘नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई-सिम लिन सक्नुहुनेछ ।’
