क्यानसंग कानुनी सहयोग माग्दै सन्दीप,आफु निर्दोष रहेको दाबी।
काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानसँग सहयोग माग गरेका छन् । किशोरीमाथि जबरजस्ती करणी आरोपमा कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको थियो जाहेरी दर्ता भएपछि उनले कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका हुन् ।
सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन आग्रह गरेका छन् क्यारेबियन प्रिमियर लिग खेल्नख सन्दीप अहिले वेस्ट इन्डिजमा छन् । पाँच टी-२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न उनी ६ भदौमा नैरोबी उडेका थिए। टी-२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका हुन् उनीविरुद्ध १७ वर्षीय किशोरीले बलात्कारको मुद्दा ‘दर्ता गरेकी थिइन् काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन्। मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
