नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।

शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादको विषय नउठाउनु आपत्तिजनक रहेको बताए ।

प्रधानमन्त्रीको विगतका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबीच विरोधाभास देखिएको मूल्यांकन कांग्रेसको रहेको उनले बताए।  प्रधानमन्त्रीले विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी सीमा मुद्दामा प्रस्तुत गर्ने गरेको अभिव्यक्ति अहिले कूटनीतिक संवादको अवसर प्राप्त हुँदा पनि व्यवहारमा नदेखाएको उनको भनाइ छ ।

”प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध विशेषगरी सीमाका विषयमा जसरी वर्तमान प्रधानमन्त्रीज्यूले प्रस्तुत हुने गर्नुहुन्थ्यो । यसभन्दा अगाडि उहाँको प्रस्तुति अपरिपक्व तथा उत्तेजक अभिव्यक्तिको रूपमा हामीले लिएका थियौँ । लोकप्रियता आर्जन गर्न मात्रै ती विषयहरू सीमित थिए भन्ने हाम्रो बुझाइ थियो,”महामन्त्री पौडेलले भने,” राष्ट्रवादको नक्कली प्रदर्शन थियो भन्ने पनि हाम्रो बुझाइ थियो ।  कूटनीतिक संवादमार्फत त्यही विषयलाई निर्णायक रूपमा उठाउने अवसर उहाँले प्राप्त गर्दा, ती विषयहरू नउठ्दै गरेको यो स्थितिले हिजो हामीले गरेको अनुमान आज पुष्टि भएको अवस्था छ ।”

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय