नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले सरकार गलत क्रियाकलापमा लागेको टिप्पणी गरे ।

पाँच वर्षसम्म स्थायी सरकार सञ्चालन गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले जनताको काम गर्न नसकेको उनको आरोप छ । प्रहरी प्रमुख दानबहादुर कार्कीलाई पदबाट हटाउने, पत्रकार पक्राउ गर्ने, न्यायालयमा बिचौलियाको संलग्नता देखिनेलगायत विषयमा सरकार अल्झिएको उनले बताए ।

सरकारको प्राथमिकता बाढी प्रभावितलाई राहत वितरण गर्ने र बिचौलियामाथि छानबिन गर्नेभन्दा पनि कांग्रेसलाई बदनाम गराउनेतर्फ केन्द्रित रहेको शर्माको आरोप छ । कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन र सोही विधानअनुसार नियमित १५औँ महाधिवेशन सम्पन्न भएको उनले स्पष्ट पारे ।

“सिंहदरबारमा रमिता चलिरहेको छ । सरकारले मतको सही सदुपयोग गरेको छैन । पाँच वर्षका लागि जनताले पठाएको सरकारको प्राथमिकतामा रमिता परेको छ । हामी प्रतिपक्षको जिम्मेवारीमा छौँ । तर, सरकारको प्राथमिकता फरक छ,” उनले भने ।

शर्माले अगाडि भने, “एकजना बिचौलियाको मोबाइल प्रहरीले कब्जा गरेपछि प्रधानमन्त्रीको सल्लाहकारकहाँ किन गयो ? कुन तथ्य मेटाउनु थियो ? कुन विधि र कुन प्रक्रियाअनुसार गएको थियो ?

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय