बाराको फेटा गाउँपालिका–३ मा दुई पक्षबीच झडप भएको छ । नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटनका विषयमा शनिबार (कात्तिक १४) विवादसँगै झडप भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बिहान करिब १०ः३० बजेतिर विवाद सुरु भएको थियो । झडप रोक्न प्रहरीले हस्तक्षेप गरेको छ । त्यस क्रममा प्रहरीले चलाएको गोली लागेर एक स्थानीय बालक घाइते भएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।

झडपमा प्रहरी र अरू केही व्यक्ति पनि घाइते भएका छन् । अस्पताल भवनबाहिर टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले करिब एक दर्जन मोटरसाइकल जलाएका प्रहरीले जनाएको छ ।

विवादले उग्ररूप लिँदै जाँदा त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो । अवस्था अहिले सामान्यतर्फ उन्मुख रहेको सहायक सीडीओ भट्टराईले बताए ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय