रास्वपा सभापति रवि लामिछानेले मिडियाका गेटमा अवरोध पुग्नेगरी शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने स्पष्ट अडान रहेको प्रष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यो घटनाबारे पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको र उक्त कुरामा अहिले पनि अडिग रहेको बताए ।

‘पार्टीले भनिसक्यो, विज्ञप्ति निकाल्यो । यो गलत हो भनेर हामीले भनेका छौं । छानबिन हुनुपर्छ, कारबाही हुनुपर्छ भन्ने कुरामा हामी अडिग छौं,’ सञ्चारकर्मीको जिज्ञासामा उनले भने ।

तत्कालका लागि ट्राफिक प्रहरीले के गर्‍यो वा गरेन भन्ने विषय बेग्लै भएको भन्दै पार्टीको स्पष्ट धारणा रहेको सभापति लामिछानेको भनाइ छ । उनले घटना अस्वाभाविक रहेको बताएका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय