मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन रोकिएको छ । अर्को सूचना नआउँदासम्मका लागि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको हो ।

निरन्तर वर्षा भइरहेको र पहिरोको उच्च जोखिम भएकाले सुरक्षाको दृष्टिकोणले अर्काे सूचना जारी नहुन्जेलसम्मका लागि विपद् व्यवस्थापन समितिको आपतकालीन वैठक बसेर उक्त सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाइएको सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ ।

“जिल्ला प्रशासन कार्यालय चितवनद्वारा उक्त क्षेत्रमा कुनै पनि प्रकारको सवारीसाधन संचालनमा रोक लगाइएको जानकारी गराइन्छ,” सूचनामा भनिएको छ, “अहिले यस सडकखण्डको जलवीरेनजिकै पहिरो झरेको छ, पहिरो हटाउन सम्बन्धित स्थानमा मेसिन परिचालन भइसकेको छ ।”

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय