काठमाडौंको बुद्धनगरमा शनिबार (असार २७) बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन भएको छ । उपचारका क्रममा अपराह्न उनको निधन भएको वीर अस्पतालका सूचना अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए ।

शनिबार बिहान करिब ६ः२० बजे उनले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेका थिए । उनले आत्मदाहको प्रयास गरेको खबर पाएलगत्तै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो ।

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय