नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा आफूलाई कमजोर पार्न अन्य कसैको पनि सामर्थ्य नरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग आफूलाई सिध्याउने सामर्थ्य नरहेको उल्लेख गरे । आफूलाई कमजोर पार्ने गतिविधिमा ओलीको स्तरमा प्रधानमन्त्री शाह नरहेको जिकिर गरे । आफूहरूले गल्ती गरेको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोप लगाए । “ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए,” प्रचण्डले भने ।

पार्टीका सहसंयोजकलाई अघिल्लो सरकारले मुद्दा लगाएर राखेको र आफ्नो बारेमा दुबईमा १४० अर्ब छ भनेर भ्रम फिँजाइएको भन्दै असन्तुष्टि जनाए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय