नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समयको भाषा, व्यवहार र ‘अहंकारी प्रवृत्ति’का कारण हाल अवस्थामा एकता सम्भव नभएको उनले बताएका हुन् ।

शनिबार (असार २०) रुपन्देहीको बुटवलमा आयोजित नेकपाको एक कार्यक्रममा उनले विगतको पार्टी एकता किन विफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकीकरण गरिए अर्को दुर्घटना दोहोरिन सक्ने उल्लेख गरे । विगतमा एकता गरेर पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रवृत्तिको समीक्षा नगरी अघि बढ्न नहुनेमा उनले जोड दिए ।

प्रचण्डले ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै ‘उल्टोउल्टो कुरा गर्ने’ र ‘अहंकारपूर्ण’ शैलीसँग तत्काल सहकार्य वा एकता सम्भव नरहेको बताए । उनले कार्यकर्तालाई एमालेसँग तत्काल एकता हुने भन्ने भ्रममा नपर्न समेत आग्रह गरे ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय