क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । टोरन्टोमा भएको खेलमा पोर्चुगलले क्रोएसियालाई २-१ ले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५२ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिचले गोल गर्दै अग्रता दिलाएका थिए ।
६६ औँ मिनेटमा पोर्चुगलले पेनाल्टीको माौका पाएको थियो । उक्त अवसरको सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले गोल गरे । उक्त गोलसँगै खेल १-१ को बराबरीमा आयो ।
इन्जुरी समयको ९२ औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगल २-१ ले विजयी भएको हो ।



