उनले भनिन्, ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् ।’
उनले अगाडि भनिन्, ‘२३ र २४ भदौको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनका लागि निर्देशन दियो, निर्णय गर्यो र फिल्डमा गएर देश जलाउने काम गर्यो ? यी देश जलाउनेहरू, देश द्रोहीहरुलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरु पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको छ ।’
उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्यून आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो ररुपमा उभिनुपर्ने बताइन् ।



