राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने र आफूहरू अस्थिरताको पक्षमा नरहेको बताएका छन् ।

भारतको पाँचदिने भ्रमण सकाएर फर्किएपछि उनले यस्तो बताएका हुन् ।

प्रतिपक्षी दलहरूले आशिर्वाद लिन जानुभयो भनेर आशंका गरेका छन् । अब तपाईं छिट्टै प्रधानमन्त्री बन्दै हुनुहन्छ रे ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा लामिछानेले भने, “निर्वाचनअगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्छु । हामीले बोलेर लेखेर गरेका बाचामा अडिग छौँ । प्रतिपक्ष साथीहरूलाई आग्रह गर्न चाहन्छु । जुन कुरा स्पष्ट पारिसकेका छौँ । त्यस कुरापछि लाग्न जरुरत छैन । हामी अस्थिरताको पक्षमा छैनौँ । जे सुधार्नुपर्नेछ । सुधार्दै लैजानेछौँ । यसैबाट संसारै ढल्छ जसरी न्वाइज नगर्दा हुन्छ ।”

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय