संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल बार एसोसिएसनले शुक्रबार (वैशाख २५) का लागि आकस्मिक बैठक डाकेको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदार कोइरालाका अनुसार बारका सल्लाहकार, संविधानविद्, कानुनविद् र पूर्वपदाधिकारीलाई रायका लागि छलफलमा डाकिएको हो । उनीहरूको रायपछि बारले धारणा सार्वजनिक गर्ने भएको छ ।

“बारले भोलि नै सल्लाहाकारको बैठक डाकेको छ । सल्लाहकारको राय सुझावका अधारमा के गर्ने भोलि नै धारणा आउँछ,” कोइरालाले भने ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले बहुमत निर्णयका आधारमा चौथो वरीयतामा रहेका सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

निर्णयमा असन्तुष्टि जनाउँदै परिषद् सदस्य रहेका राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय