शनिबार साँझ जलेश्वर–जनकपुरधाम सडक खण्डमा परकौली ब्यारेक नजिक दुर्घटना भएको हो ।

साँझ हावाहुरीसहित वर्षा भइरहेको बेला टेम्पोमाथि रुख खसेको थियो । टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए ।

दुई जनाको प्रादेशिक अस्पताल जलेश्वरमा मृत्यु भएको छ भने दुई जनाको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले  मृतकको सनाखत नभएको जानकारी दिएको छ कार्यालयका अनुसार एक जना महिला र एक जना पुरुषको मृत्यु भएको हो ।  दुई पुरुष र एक घाइते महिलाको उपचार भइरहेको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय