नेपाली कांग्रेसले पार्टीको प्रतिनिधि सभामा संसदीय दलको नेता चयन गर्न बनाएको निर्वाचन समितिले आज पार्टीका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेको छ । सहमहामन्त्री प्रकाश रसाइली स्नेही नेतृत्वको निर्वाचन समितिले शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल गरेको हो ।
छलफलपछि निर्वाचन समितिका संयोजक रसाइलीले आज दलको नेता चयनबारे छलफल गरेको बताए । यो छलफललाई भोलि पनि निरन्तरता दिइने जानकारी दिए । ‘आज हामीले छलफल सुरु गरेका छौँ । भोलि पनि छलफललाई निर्वाचन समितिले निरन्तरता दिन्छ,’ संयोजक रसाइलीले सञ्चारकर्मीहरूसँग भने ।
उनले पार्टी र सांसदहरूबिच आन्तरिक एकता कायम गर्न अधिकतम सहमतिको प्रयास गरिने जानकारी दिए ।



