इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई इरानले आज (बुधबार) रिहा गरेको हो ।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि उनी रिहा भएको जानकारी गराए । ‘उहाँ रिहा हुनुभएको छ । इरानस्थित कन्सुलरसँग हाम्रो कुराकानी भयो,’ खनालले  भने ।

उनी रिहा भएकोबारे परिवारका सदस्यहरूलाई पनि सरकारी अधिकारीहरूले जानकारी गराएका छन् । उनका भिनाजु राजेश झाले आफूलाई केहीबेर अघि सरकारी अधिकारीबाट अमृत रिहा भएको जानकारी आएको  जानकारी दिए ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय