प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्री बालेनको सचिवालयले दिएको जानकारीअनुसार, बुधबार (वैशाख २) मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल हुनेछ ।
बालेनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिकतर्फका सांसदहरूसँग अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ । बालेनले यसअघि प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरेका थिए ।



