अर्थमन्त्री स्वर्णिम वाग्लेले ललितपुर, काभ्रे, सानेपा र बन्दिपुरमा घर तथा अपार्टमेन्ट रहेको सम्पत्ति विवरण बुझाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणमा यस्तो उल्लेख छ ।
वाग्लेले बुझाएको विवरणमा ललितपुरमा अपार्टमेन्ट, ललितपुरमै घर, काभ्रेमा अपार्टमेन्ट र तनहुँमा घर रहेको उल्लेख गरेका छन् ।
उनले सबै घर तथा अपार्टमेन्ट १२ करोड ७५ लाख रुपैयाँमा खरिद गरेको जनाएका छन् ।



