कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चितवन र काठमाडौंमा घर रहेको सम्पत्ति विवरण बुझाएकी छन् । सरकारले आइतबार सार्वजनिक गरेको प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण यस्तो देखिएको हो ।
गौतमले बुझाएको सम्पत्ति विवरणमा श्रीमान गृहेन्द्र घिमिरेको नाममा काठमाडौं महानगरपालिका ३ र भरतपुर महानगरपालिका १५ चितवनमा घर रहेको उल्लेख छ । त्यस्तै १५ तोला सुन र १० तोला चाँदी रहेको विवरण गौतमले बुझाएकी छन् ।
गौतमले बैंकमा आफ्नो नाममा एनआईसी एसिया बैंकमा ३ लाख ६८ हजार ८६७, वाणिज्य बैंकमा ४६ हजार ८७४, नबिल बैंकमा ४ लाख ८१ हजार ७६७ माछापुच्छ्रे बैंकमा १ लाख ४४ हजार ५५३ र ग्लोबल आईएमई बैंकमा ८ हजार २७४ रुपैयाँ रहेको विवरण पेस गरेकी छन् ।



